भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु : प्रधानमन्त्री

हिमाल प्रेस २९ असार २०८२ ११:३३
भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज आदिकवि आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भने, ‘आदिकवि भानुभक्त आचार्य जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो, नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।’

आदिकवि आचार्यको जन्मदिनका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

प्रकाशित: २९ असार २०८२ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast