प्रधानमन्त्री ओली र नाउपा संरक्षक चौधरीबीच भेटवार्ता

हिमाल प्रेस २३ असार २०८२ १६:०३
38
SHARES
प्रधानमन्त्री ओली र नाउपा संरक्षक चौधरीबीच भेटवार्ता फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

उनीहरूबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता भएको हो।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार सभामुख देवराज घिमिरेलाई बुझाएको थियो। त्यस्तै नाउपाले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।

सुदूरपश्चिम सरकारमा सहभागी आफ्ना मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि बिच्किएको नाउपाले सरकारबाट समर्थन फिर्ता लिएको हो।

यद्यपि संघीय सरकारमा नाउपाका तर्फबाट पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा बुझाएका छैनन्। उनले राजीनामा दिने तयारी गरे पनि प्राविधिक कारणले हालसम्म राजीनामा नबुझाएको स्रोतको भनाइ छ।

शीर्ष तहमा राजनीतिक छलफल भइरहेकाले उनको राजीनामा तत्कालका लागि ‘होल्ड’ गरिएको नाउपा स्रोतले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि विकसित घटनाबारे प्रधानमन्त्री ओली र नाउपाका संरक्षकबीच छलफल भएको बताइएको छ। भेटका क्रममा ओलीले नाउपा संरक्षक चौधरीलाई सरकारबाट नबाहिरिन आग्रह गरेका थिए।

नाउपा संरक्षक चौधरीले पनि प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको पुष्टि गरेका छन्। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको उनले बताएका छन्।

प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तापछि पनि नाउपाका सांसदहरू सोमबार प्रतिपक्षी बेन्चमा बसेका छन्। पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ सोमबारको संसद बैठकमा प्रतिपक्षी बेन्चमा बसेकी थिइन्।

प्रकाशित: २३ असार २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast