अब नेपाली फिल्मकाे व्यापार बक्स अफिस एपबाट हेर्न सकिने

हिमाल प्रेस १६ असार २०८२ १७:५२ | Monday, June 30, 2025
अब नेपाली फिल्मकाे व्यापार बक्स अफिस एपबाट हेर्न सकिने

काठमाडौँ- नेपाली फिल्मको रियल टाइम बक्स अफिस एपको उद्घाटन भएको छ। चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बक्स अफिसको एपको उद्घाटन गरेका हुन्।

याेसँगै आगामी दिनमा प्रदर्शन भएका फिल्मकाे व्यापार र साे संख्या उक्त एपबाट हेर्न सकिने भएकाे छ।  उक्त एपको नाम बक्स अफिस@ राखिएको छ।

आगामी दिनमा प्रदर्शन भएका फिल्मको देशैभरको सो सङ्ख्या यही एपमार्फत हेर्न सकिनेछ।  रियल टाइम बक्सअफिस तथ्यांक मिडिया र अन्य सर्वसाधारणको पहुँचमा नरहेको बताइएको छ।

उक्त रिपोर्ट फिल्मका निर्माता, एकजना वितरक, चलचित्र विकास बोर्डमा तोकिएका फोकल पसर्न, अर्थ, सञ्चार र राजस्व कार्यालयका तोकिएका व्यक्तिले मात्र हेर्न पाउनेछन्।

यही एपमार्फत बोर्डले प्रदान गर्ने ३३ सेवा अनलाइनबाट दिइने घोषणासमेत गरिएको छ। नेपालमा हाल १ सय ६६ फिल्म हल सञ्चालनमा छन्।

प्रकाशित: १६ असार २०८२ १७:५२ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast