एमाले सधैँ एकजुट रहन्छ : ओली

हिमाल प्रेस १४ असार २०८२ १६:३३ | Saturday, June 28, 2025
एमाले सधैँ एकजुट रहन्छ : ओली

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एकजुट रहने बताएका छन्।

शनिबार मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

यही कार्यक्रमबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्किने उद्घोष गर्न सक्ने आकलन भइरहेका बेला एमाले अध्यक्ष ओलीले एमाले सधैँ एक रहेको र आगामी दिनमा पनि एक रहने बताए।

यसै कार्यक्रममा एमाले ध्वस्त हुने कतिपयले सपना देखिरहेको बताउँदै उनले त्यस्ता मानिसहरूको सपना कहिल्यै पूरा नहुने जिकिर गरे। ओलीले कार्यक्रममा बम, बारुद, गोला केही नपड्किने बताए।

‘मैले यहाँ बम पड्काउँछु, विद्यादेवी भण्डारीले बम पड्काउँछन्, यहीँबाट एमाले ध्वस्त हुन्छ भनेर कतिपयले सपना देखेका छन्। त्यस्तो केही हुनेवाला छैन यहाँ,’ ओलीले भने।

प्रकाशित: १४ असार २०८२ १६:३३ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast