धेरै कमाउने २५ फिल्मका निर्मातालाई चलचित्र विकास बोर्डले सम्मान गर्ने

हिमाल प्रेस २ असार २०८२ १२:०० | Monday, June 16, 2025
धेरै कमाउने २५ फिल्मका निर्मातालाई चलचित्र विकास बोर्डले सम्मान गर्ने

काठमाडौँ- चलचित्र विकास बोर्डले धेरै व्यापार गर्ने २५ फिल्मका निर्मातालाई सम्मान गर्ने भएको छ। बोर्डले विज्ञप्ति जारी गर्दै २०५७ असार १६ देखि २०८२ साल जेठ मसान्तसम्म धेरै कमाइ गर्ने फिल्मलाई सम्मान गर्ने जनाएको हो।

यसको लागि न्यूनतम ५ करोड रुपैयाँभन्दा धेरै कमाइ गर्ने फिल्मका निर्माताले प्रमाण खुल्ने कागजातसहित ७ दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने विज्ञप्ति भनिएको छ ।

बोर्डले आफ्नो स्थापनाकालको २५ वर्षको अवसरमा पाँच करोडभन्दा बढी धेरै कमाउने २५ फिल्मका निर्मातालाई सम्मान गर्न लागेको जानकारी दिएको हो।

यही असार १६ मा हुने बोर्डको २५ औँ स्थापनाको दिवसमा २५ सर्वोत्कृष्ट २५ निर्मातालाई सम्मान गर्नेछ। कार्यक्रममा रियल टाइम बक्सअफिसको औपचारिक सुरुवात पनि गर्ने बोर्डले जनाएको छ।

प्रकाशित: २ असार २०८२ १२:०० | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast