यातायातमा देखिएका समस्याको समाधानमा कांग्रेसले पहल गर्छ : देउवा

हिमाल प्रेस १ असार २०८२ १९:३७ | Sunday, June 15, 2025
यातायातमा देखिएका समस्याको समाधानमा कांग्रेसले पहल गर्छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोश्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको अवस्थामा सडक, दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्। व्यावसायिक हकहितको सुरक्षासँगै आम नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यात्रा गराउने साझा दायित्व भएको उनले बताए।

सभापति देउवा यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ एकताबद्ध प्रयास गर्नुपर्ने भन्दै यसमा कांग्रेसले पहल गर्ने प्रतिबद्धता बताए।

प्रकाशित: १ असार २०८२ १९:३७ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast