शिक्षा विधेयक : सुमनाको प्रश्न- संघसंस्थाले कानुन बनाउने हो?

हिमाल प्रेस १ असार २०८२ १०:१८ | Sunday, June 15, 2025
शिक्षा विधेयक : सुमनाको प्रश्न- संघसंस्थाले कानुन बनाउने हो?

काठमाडौँ- शिक्षा विधेयक-२०८० माथि चलिरहेको संसदीय छलफलबीच पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघसंस्थाको भूमिकालाई लिएर प्रश्न उठाएकी छन्।

शनिबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले कानुन संघसंस्थाले बनाउने हो भने संसद् किन चाहियो? भन्दै प्रश्न गरिन्। उनको प्रश्न छ,‘यदि विधेयक बनाउने काम पनि हामी गर्न नसक्ने हो भने यो गणतन्त्रको औचित्य के रहन्छ?’

श्रेष्ठले राजनीतिक नेतृत्वलाई कानुनप्रति गहिरो जानकारी नभएको भन्दै कटाक्ष गरिन्। ‘हाम्रो नेताहरू भाषण दिनमा माहिर छन् तर कुन कानुनले के गर्छ भन्ने ज्ञान छैन,’ उनले भनिन्।

उखान उल्लेख गर्दै उनले भनिन्, ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर?’ भन्ने अवस्था आयो। अहिले संघसंस्थाले विधेयक तय गरिरहेका छन् संसद्ले अनुमोदन मात्र गरिरहेजस्तो देखिएको छ।’

प्रकाशित: १ असार २०८२ १०:१८ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast