यी प्रदेशमा फैलियो मनसुन

हिमाल प्रेस २९ जेठ २०८२ २१:०६ | Thursday, June 12, 2025
यी प्रदेशमा फैलियो मनसुन

काठमाडौँ- नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज (बिहीबार) थप चार प्रदेशमा फैलिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको जानकारी दिए।

यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो। त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो।

कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो। अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उनले बताए। मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् भोलि शुक्रबार हो।

प्रकाशित: २९ जेठ २०८२ २१:०६ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast