चलचित्र विकास बोर्डको सदस्यमा छायाकार वीरेन्द्र भट्ट नियुक्त

हिमाल प्रेस २ जेठ २०८२ ११:११ | Friday, May 16, 2025
चलचित्र विकास बोर्डको सदस्यमा छायाकार वीरेन्द्र भट्ट नियुक्त

काठमाडौँ- चलचित्र विकास बोर्डको सदस्यमा छायाकार वीरेन्द्र भट्ट नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनलाई बिहीवार सदस्यमा नियुक्त गरेका हुन्।

बिहीबार नै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको हातबाट नियुक्ति पत्र लिएका छन्। नियुक्तिको पत्र बुझेपछि भट्टले बोर्डमा रहेर नेपाली फिल्म क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारको कार्य गर्ने बताए।

भट्ट लामो समयदेखि फिल्म क्षेत्रमा प्राविधिकका रुपमा सक्रिय छन्। डोटी जिल्लामा जन्मिएका भट्टले ठूलो पर्दाका चलचित्र धुन, आरोप, चिहान लगायत करिब एक दर्जन फिल्म छायांकन गरेका छन्।

यसअघि बोर्ड सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन्। बोर्डमा अझै एक सदस्य पद रिक्त छ।

प्रकाशित: २ जेठ २०८२ ११:११ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast