संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : यादव

हिमाल प्रेस २९ वैशाख २०८२ २०:०४ | Monday, May 12, 2025
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : यादव

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताले ठूलो त्यागबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टीको मोरङको प्रथम जिल्ला अधिवेशनको सोमबार विराटनगरमा उद्घाटन गर्दै उनले ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हकलाई संस्थागत गर्नु आजको आवश्यक्ता भएको प्रष्ट पारे।

अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार, कमिशनतन्त्र, विचौलियाको चलखेल नियन्त्रण गरी सुशासन कायम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले पार्टीले संविधान संशोधन गर्ने स्पष्ट धारणाअनुसार मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिएको बताए।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले बितेर गएको राजतन्त्र पुनःफर्केर नआउने बताए। महासचिव रेखा यादव, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जयराम यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको उल्लेख गरे।

प्रकाशित: २९ वैशाख २०८२ २०:०४ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast