तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

हिमाल प्रेस २७ वैशाख २०८२ १७:४७ | Saturday, May 10, 2025
तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।फाइल तस्बिर

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन्।

पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा शनिबार आयोजित जनसभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्र नभई जनताको अभियान बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उल्लेख गरे।

उनले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका बताए।

प्रकाशित: २७ वैशाख २०८२ १७:४७ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast