शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त

हिमाल प्रेस १६ वैशाख २०८२ १५:२९
1.7k
SHARES
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको बताएका छन्। लामो समयदेखि जारी आन्दोलन समाधानको दिशातर्फ उन्मुख हुँदै गएको मन्त्री पन्तको दाबी छ।

आज (मंगलबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पन्तले भने, ‘शिक्षक महासंघका पदाधिकारीज्यूहरूलाई पर्खिरहेको छु। हिजाे सकारात्मक कुराकानी भएको छ, त्यसलाई अगाडि बढाउन उहाँहरूको प्रतीक्षामा छु।’ उनले सरकार शिक्षकहरूसँग वार्तामा प्रतिबद्ध रहेको र समस्याको समाधान संवादबाटै खोजिने स्पष्ट पारे।

नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सुरु गरेको आन्दोलन आज २८ औँ दिनमा प्रवेश गरेको छ। यस आन्दोलनले देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ।

प्रकाशित: १६ वैशाख २०८२ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast