शिक्षक आन्दोलनमा झडप हुँदा ७ जना घाइते

हिमाल प्रेस १४ वैशाख २०८२ १३:५६ | Sunday, April 27, 2025
शिक्षक आन्दोलनमा झडप हुँदा ७ जना घाइते

काठमाडौँ- काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्डमा जारी शिक्षक आन्दोलन आज झडपमा परिणत भएपछि ७ जना शिक्षकहरू घाइते भएका छन्।

शिक्षकहरूले निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने प्रयास गर्दा नेपाल प्रहरी हस्तक्षेपमा उत्रिएको थियो। स्थिति नियन्त्रणमा ल्याउने क्रममा दुवै पक्षबीच झडप भएको हो।

 झडपमा घाइतेहरूको उपचार एभरेष्ट अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी अपीलराज बोहराले हिमालप्रेसलाई जानकारी दिएका छन्।

प्रहरीले पानीको फोहोरा प्रयोग गरी भिड तितरबितर पारेको थियो। शिक्षकहरू शिक्षा ऐन माग गर्दै २६ औं दिनदेखि आन्दोलित छन्।

प्रकाशित: १४ वैशाख २०८२ १३:५६ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast