कसैको लहडमा शिक्षक आन्दोलन सुरु भएको होइन, ऐन जारी नभई रोकिन्न : अध्यक्ष अधिकारी

हिमाल प्रेस १४ वैशाख २०८२ १०:२८ | Sunday, April 27, 2025
कसैको लहडमा शिक्षक आन्दोलन सुरु भएको होइन, ऐन जारी नभई रोकिन्न : अध्यक्ष अधिकारी

काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले कसैको लहडमा शिक्षक कर्मचारी आन्दोलन सुरु नभएको बताउँदै शिक्षा ऐन जारी नभएसम्म आन्दोन नरोकिने बताएका छन्। आन्दोलनबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि अध्यक्ष अधिकारीले आइतबार स्पष्ट पारेका हुन्।

उनले भने, ‘शिक्षक कर्मचारीका चेतना कमजोर छैनन् न त कसैको लहडमा आन्दोलन सुरुवात भएको हो न त कसैको लहडमा आन्दोलन रोकिन्छ न त यसको प्रतिफलको श्रय कुनै एउटा दललाई मात्र जान्छ? यो साझा आन्दोलन हो।’

उनले शिक्षक कर्मचारी आन्दोलन आफ्नै गन्तव्यमा अगाडि बढिरहेको बताएका छन्। उनले भने, ‘उत्कर्ष र परिणाम नजिकै पुग्दै गर्दको यो महाअभियानमा कोही नछुटौं, कोही हतास नबनौं,कोही नभागौं,घातप्रतिघात नगरौं। इतिहासकै कलंक हामी नबनौं। ऐन सबैको लागि हो।’

अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग राखेर गत माघ २० गतेदेखि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा आन्दोलन सुरु भएको थियो। गत चैत २० गतेदेखि महासंघले काठमाडौँमा सडक आन्दोलन सुरु गरेको थियो। आन्दोलन आज २६ औं दिन पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast