शिक्षक महासंघ अध्यक्ष सुवेदीले भने- आन्दोलन निर्णायक मोडमा छ, हाम्रा मागमा राज्य अनुदार

हिमाल प्रेस ३ वैशाख २०८२ ६:४१ | Wednesday, April 16, 2025
शिक्षक महासंघ अध्यक्ष सुवेदीले भने- आन्दोलन निर्णायक मोडमा छ, हाम्रा  मागमा राज्य अनुदार नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी शिक्षक आन्दोलन निर्णायक मोडमा पुगेको बताएका छन्। काठमाडौँको माइतीघर–नयाँ बानेश्वर सडकमा १५ औं दिनको आन्दोलन प्रारम्भपूर्व अध्यक्ष सुवेदीले बुधबार बिहान आन्दोलन निर्णायक मोडमा पुगेको बताएका हुन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब हामी निर्णायक मोडमा आइपुगेका छौं। हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन।’

अध्यक्ष सुवेदीले देशभरका सबै शिक्षक कर्मचारीलाई आन्दोलनको यो निर्णायक घडीमा काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेको बताएका छन्। उनले लेखेका छन्,‘यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ। तुरुन्तै काठमाडौँ आइपुग्नुहोला।’

उनले अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचारप्रति सचेत रहन पनि आम शिक्षक कर्मचारीहरूलाई आग्रह गरेका छन्। शिक्षा ऐन अविलम्ब जारी गर्न माग गर्दै महासंघले गत चैत २० गतेदेखि सडक आन्दोलन सुरु गरेको थियो।

आन्दोलन लम्बिदै गएपछि सरकारले यही वैशाख १२ गतेलाई संसद्को बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। उक्त अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेस गर्ने बताइएको छ। विधेयक पेस भए पनि महासंघले उठाएका माग सम्बोधन हुनेमा आशंका छ।

प्रकाशित: ३ वैशाख २०८२ ६:४१ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast