हाम्रो आन्दोलनले नै शिक्षा विधेयकमा धमाधम काम भइरहेको छ, आम शैक्षिक हडताल सशक्त बनाऔँ : संयोजक पराजुली

हिमाल प्रेस २ वैशाख २०८२ ५:५६ | Tuesday, April 15, 2025
हाम्रो आन्दोलनले नै शिक्षा विधेयकमा धमाधम काम भइरहेको छ, आम शैक्षिक हडताल सशक्त बनाऔँ : संयोजक पराजुली

काठमाडौँ- नेपाल शिक्षक महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले शिक्षक कर्मचारीहरूको चैत २० गतेदेखिको सडक आन्दोलन विगतमा भएका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउने स्पष्ट लक्ष्यका साथ सञ्चालन भइरहेको बताएकी छन्।

आन्दोलनको १३ औं दिन सोमबार साँझ उनले भनिन्,‘हाम्रो आन्दोलनको तागतले प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमिति बिदाको दिनमा समेत क्रियाशील छ र उपसमितिमा रहेका माननीयहरू पनि हाम्रा सहमतिहरू सम्बोधन गर्ने दिशामा एकमतका साथ लाग्नुभएको छ भन्ने विश्वास छ।’

पराजुलीको भनाइमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई स्वयं पनि यस कार्यमा गम्भीर रूपमा संलग्न हुनुहुन्छ। यस्तो परिस्थिति सिर्जना भइरहेको बेलामा सबै शिक्षक वर्गको सक्रिय सहभागिता आवश्यक रहेको छ। ‘अब शिक्षा ऐन जारी गर्न वातावरण निर्माणमा अझ बलियो उपस्थिति आवश्यक छ,’ उनको जोड छ।

शिक्षक महासंघले हाल घोषणा गरेको शैक्षिक आमहडताललाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गर्दै उनले थप भनिन्,‘यो बेला हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा ऐन प्राप्ति नै हो। इतिहास साक्षी छ, हाम्रो आन्दोलन परिणाममुखी बन्नेछ।’

प्रकाशित: २ वैशाख २०८२ ५:५६ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast