मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

हिमाल प्रेस २५ चैत २०८१ ११:२६
96
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना मन्त्रिपरिषद् बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न मन्त्रिपरिषद् बैठक डाँकेका छन्। आज दिउँसो ३ बजे सिंहरदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ।

गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सिफारिस समितिले आज बिहान सिफारिस गर्ने तयारी छ।

अधिकारी बिदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ। सरकारले गठन गरेको सिफारिस समितिमा पूर्वगनर्भर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल छन्।​ नयाँ गभर्नरको लाइनमा छ जनाको नाम छ। आवेदन दिनेमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना रहेको स्रोतले बतायो।

नीलम ढुंगाना र क्षेत्री एमाले निकट मनिन्छन्। यसैगरी पाण्डे, श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना कांग्रेस निकट मानिन्छन्। मिश्र भने कतै नखुलेको स्रोतको दाबी छ। अर्थ मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाउन चाहेका छन्।

प्रकाशित: २५ चैत २०८१ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast