अधिकारका विषय कार्यान्वयन गराउन कांग्रेस प्रतिबद्ध छ : देउवा

हिमाल प्रेस ८ चैत २०८१ १७:२८ | Friday, March 21, 2025
अधिकारका विषय कार्यान्वयन गराउन कांग्रेस प्रतिबद्ध छ : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न समूदायका हक, अधिकारका विषयलाई कार्यान्वयन गराउन कांग्रेस प्रतिवद्धत रहेको बताएका छन्।

शुक्रबार पार्टी कार्यालय सानेपामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले अपाङ्गता भएको व्यक्तिलगायत समूदायका हक, अधिकारलाई थप सुनिश्चित गर्न कांग्रेस प्रतिवद्ध रहेको बताएका हुन्।

लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट भएको उनले बताए। सभापति देउवाले २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि मात्र अन्य क्षेत्रले झैँ अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पनि नेपालमा ठोस कदम चालिएको धारणा राखे।

उनले नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको र अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारप्रति समेत संवेदनशील रहेको उल्लेख गरे।

सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरुलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन दृढ रहेको बताए।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका व्यक्तिहरुले ह्वीलचेयर चढेर विदाई गरेको राजसंस्थाको रथ चढेर फर्कर्ने सपना कहिल्यै पुरा नहुने उल्लेख गरे। उनले हालैसम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि गणतन्त्रपक्षधरहरुकै पक्षमा नजिता आएको उल्लेख गरे। शर्माले अहिलेको संविधानले सबैलाई बोल्न पाउने अधिकार दिएकाले पूर्वराजाको पक्षमा पनि खुलेर बोल्न पाएको विषयलाई नभुल्न सुझाव दिए।

प्रकाशित: ८ चैत २०८१ १७:२८ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast