पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउँछ : देउवा

हिमाल प्रेस ७ चैत २०८१ १८:३४ | Thursday, March 20, 2025
पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउँछ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टी बनाउने नीतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम विषयक विचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्त्वपूर्ण हुने बताएका हुन्।
उनले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको धारणा पनि राखे। देउवाले खेलकुद नीतिका लागि पार्टीभित्र व्यापक बहस हुन सकारात्मक रहेको जिकिर गरे।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ७ चैत २०८१ १८:३४ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast