शिक्षक आन्दोलनमा विश्व शिक्षक महासंघको ऐक्यबद्धता

हिमाल प्रेस ६ चैत २०८१ १२:२७ | Wednesday, March 19, 2025
शिक्षक आन्दोलनमा विश्व शिक्षक महासंघको ऐक्यबद्धता

काठमाडौँ- शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग गर्दै गत माघ २० गतेदेखि आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघप्रति विश्व शिक्षक महासंघले ऐक्यबद्धता जनाएको छ।

महासंघले सोमबार वक्तव्य जारी गर्दै भनेको छ,‘नेपाली शिक्षक महासंघले धर्नामा बसेर विरोध प्रदर्शन गरिरहेको छ। उनीहरूले सेवा सुरक्षा, न्यूनतम ज्याला सुविधा, करियर विकास, पेन्सन, सामाजिक सुरक्षा र ट्रेड युनियन अधिकारको माग गरिरहेका छन्। विश्व शिक्षक महासंघ आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई ऐक्यबद्धता व्यक्त गर्दछ। नेपाल सरकारलाई महासंघसँग लोकतान्त्रिक संवाद गर्न र उनीहरूको जायज मागहरू समाधान गर्न अपिल गर्दछ। साथै, नेपाल सरकारले देशको शिक्षक समुदाय र शिक्षाको बृहत्तर हितमा तुरुन्तै शिक्षा ऐन जारी गर्नुपर्छ।’

नेपाल शिक्षक महासंघले शिक्षा ऐनका लागि दोस्रो चरणको आन्दोलनअन्तर्गत भोलिदेखि रिले अनशनको तयारी गरेको छ।

प्रकाशित: ६ चैत २०८१ १२:२७ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast