कसैलाई संघीयता मन नपरे पनि केही गर्न सकिन्न : देउवा

हिमाल प्रेस ४ चैत २०८१ १८:१६ | Monday, March 17, 2025
कसैलाई संघीयता मन नपरे पनि केही गर्न सकिन्न : देउवा शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

कांग्रेस संघीय मामिला समन्वय विभागले सोमबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुक संघीय प्रणालीमा गइसकेकाले यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन्।

कसैलाई संघीयता मन नपरे पनि केही गर्न नसकिने उनले बताए। सभापति देउवाले मुलुक अहिलेको व्यवस्थाबाट फर्किन नसकिने पनि स्पष्ट पारे।

संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनको भनाइ छ। सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे।

उनले कांग्रेसको १०० दिने अभियानका क्रममा देशभरका जनतामा उत्साह भएको भन्दै यसलाई अझ बढी समन्वय गरेर अघि बढ्नुपने बताए। कांग्रेस अहिले ठूलो पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न उनले निर्देशन दिए।

प्रकाशित: ४ चैत २०८१ १८:१६ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast