मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

हिमाल प्रेस ४ चैत २०८१ १४:५८ | Monday, March 17, 2025
मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन्।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक सोमबार उनलाई हस्तान्तरणका क्रममा सभापति देउवाले यस्तो बताएका हुन्।

उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे।

मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो।

मुलुकमा समृद्धिका लागि धेरै काम भए पनि अझ गर्न धेरै बाँकी रहेको उनले बताए। देउवाले भने,‘मुलुकमा धेरै काम भएका छन्। तर,अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ।’

त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए।

प्रकाशित: ४ चैत २०८१ १४:५८ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast