राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरू। फाइ
काठमाडौँ- संघीय संसद् अन्तर्गत बिहीबार राष्ट्रियसभाको बैठक बस्दैछ। आज दिउँसो सवा एक बजे बस्ने बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
यी अध्यादेश बुधबार प्रतिनिधिसभाबाट पारित भइसकेको छ। प्रतिनिधिसभामा सत्तापक्षसँग बहुमत भए पनि राष्ट्रिय सभामा जनता समाजवादी पार्टी नेपालको पनि साथ लिनुपर्थ्यो। जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेकाले सरकार अरू अध्यादेश पनि अगाडि बढाउन सकेको थिएन।
राष्ट्रियसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तरको कार्यसूची पनि छ।



