शिक्षकका मनोबल गिर्ने अभिव्यक्तिप्रति आपत्ति छ : पूर्वअध्यक्ष तुलाधर

हिमाल प्रेस १६ फागुन २०८१ ६:१६
1.5k
SHARES
शिक्षकका मनोबल गिर्ने अभिव्यक्तिप्रति आपत्ति छ : पूर्वअध्यक्ष तुलाधर

काठमाडौँ- नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष कमला तुलाधरले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएकी छिन्।

उनले उक्त अभिव्यक्ति शिक्षकमाथि अनावश्यक आक्षेप लगाउने खालको भएको र यसले शिक्षकमैत्री वातावरणलाई कमजोर पार्ने बताइन्।

तुलाधरले भनिन्,‘शिक्षकका मनोबल गिर्ने अभिव्यक्तिप्रति मेरो घोर आपत्ति छ।’ शिक्षक समाजका मार्गदर्शक हुन्। उनीहरूमाथि प्रश्न उठाउने शैली मर्यादित हुनुपर्ने शिक्षक नेताहरू बताउँछन्।

उनको भनाइ अनुसार शिक्षकमाथि गरिने कुनै पनि टिप्पणीले उनीहरूको योगदानलाई सम्मान गर्नुपर्ने र शिक्षण पेसालाई मर्यादित बनाउनुपर्ने हुन्छ।

शिक्षकहरूको भूमिकालाई कमजोर पार्ने अभिव्यक्तिले शिक्षा प्रणालीलाई नै असर गर्ने सरोकारवाला बताउँछन्।

प्रधानमन्त्री ओलीले हालै सार्वजनिक रूपमा शिक्षकसम्बन्धी केही अभिव्यक्ति दिएका थिए। जसलाई शिक्षक संघसंस्थाहरूले आलोचना गरेका छन्।

शिक्षकप्रति प्रधानमन्त्री निर्मम, तलब बढाउन र स्थायी गर्न जरुरी छैन

 

प्रकाशित: १६ फागुन २०८१ ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast