सकियो महाकुम्भ, ६५ करोडले स्नान गरेको दाबी

हिमाल प्रेस १४ फागुन २०८१ १५:११
28
SHARES
सकियो महाकुम्भ, ६५ करोडले स्नान गरेको दाबी फाइल तस्बिर : एफपी

काठमाडौँ- भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भको अन्तिम दिन महाशिवरात्रिको अवसरमा स्नान गर्न लाखौँ श्रद्धालु पुगेका छन्।

महाशिवरात्रिको स्नानसँगै कुम्भ मेला समापन हुनेछ। भीडलाई मध्यनजर गरी स्थानीय प्रशासनले मेला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको छ।

महाकुम्भका एसएसपी राजेश द्विवेदीले महाशिवरात्रिमा ठूलो संख्यामा प्रयागराजका स्थानीय पनि स्नानका लागि पुगेको बताएका छन्।

उत्तरु प्रदेशका मुख्इमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जालमार्फत श्रद्धालुहरूलाई अभिनन्दन गरेका छन्।

यसैबीच उत्तर प्रदेशका डीजीप प्रशान्त कुमारले विना कुनै ठूलो घटनाको महाकुम्भ मेलाको आयोजन सम्पन्न भएको बताएका छन्।

‘महाकुम्भ २०२५ को अन्तिम अमृत स्नान आज बिहानबाट सुरू भएको छ। आज महाकुम्भ २०२५ आफ्नो अन्तिम विन्दुमा आइपुगेको छ,’ उनले भनेका छन्।

गएको ४५ दिनमा महाकुम्भको अवसरमा ६५ करोडभन्दा बढीले श्रद्धाका साथ स्नान गरेको उनले दाबी गरे। उनले महाकुम्भका क्रममा हराएका ३० हजारभन्दा बढी श्रद्धालुलाई परिवारको सम्पर्कमा ल्याइएको बताए।

भागदौड र आगलागि

कुम्भका क्रममा २९ जनवरीमा मौनी अमावस्याका दिन भागदौड मच्चिदा ३० जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए। मौनी अमावस्याका दिन ‘संगम नोज’ का साथै अन्य स्थानमा पनि भागदौड मच्चिएको बताइएको छ।

यसबाहेक कुम्भ मेलाका क्रममा आगलागिको घटनासमेत भएको थियो।

आदि शंकराचार्य र अकबरसँग जोडिएको महाकुम्भको कथा

प्रकाशित: १४ फागुन २०८१ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast