राजनीतिको केन्द्र सधैँ जनता हुनुपर्छ : राष्ट्रपति

हिमाल प्रेस १३ फागुन २०८१ १९:२८
8
SHARES
राजनीतिको केन्द्र सधैँ जनता हुनुपर्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्‍याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्‍याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा  जगाउन सकिने बताएका हुन्।

उनले राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र शमा शाहीलाई पुरस्कृत गरिएको थियो।

प्रकाशित: १३ फागुन २०८१ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast