प्रतीकात्मक तस्बिर।
दमक- झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्बोले जानकारी दिए।
सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएको थियो।
गंगाकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आङबोले बताए। घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ।
प्रकाशित: ३० माघ २०८१ ६:१२ | Wednesday, February 12, 2025
प्रतिक्रिया




