तीन प्रदेशमा हिमपात, तराईमा हुस्सुको प्रभाव

हिमाल प्रेस २९ माघ २०८१ ६:२४
10
SHARES
तीन प्रदेशमा हिमपात, तराईमा हुस्सुको प्रभाव

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। यी तीन प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

प्रकाशित: २९ माघ २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast