अध्यादेशबारे छलफल गर्दै प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

हिमाल प्रेस २७ माघ २०८१ ११:१० | Sunday, February 9, 2025
अध्यादेशबारे छलफल गर्दै प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ- सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न पाँच बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाएका हुन्।

बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्ने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। सत्तारुढ दलहरूले सरकारलाई सफल बनाउने उद्देश्यले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन्।

प्रकाशित: २७ माघ २०८१ ११:१० | Sunday, February 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast