इलाम- इलाममा कुुटपिटबाट एकजनाको मृत्यु भएको छ। इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ। माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए। उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो। तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदैथियो। काम गरेर फर्किंदैगर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए। कुटपिट गर्ने व्यक्ति फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पालिकापेजबाट
प्रकाशित: २६ माघ २०८१ ९:१०
प्रतिक्रिया