काठमाडौँ- काठमाडौँको कमलपोखरीस्थित सानदार मम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका व्यक्तिहरूको पहिचान खुलेको छ। घटनामा ११ जना घाइते भएकमा छन्।
काठमाडौँ जिल्ला प्रहरी परिसरका हवल्दार दिवाकर फुँयालका अनुसार घाइतेमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनीष पोखरेल र चितवनका १८ वर्षीय रोशन लामा थिङ छन्।
यसैगरी उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नवीन मगर, हेटौँडाका १८ वर्षीय सुविन राई, उदयपुरका २० वर्षीय यसकुमार घले र १९ वर्षीय बिरस मगर पनि घाइते भएका छन्। यीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ माघ २०८१ १०:२३
प्रतिक्रिया