जब लागुऔषध ओसारपसार गर्ने भारतीयलाई प्रहरीले गोली हान्यो …

हिमाल प्रेस २३ माघ २०८१ ६:४२ | Wednesday, February 5, 2025
जब लागुऔषध ओसारपसार गर्ने भारतीयलाई प्रहरीले गोली हान्यो …

काठमाडौँ- झापाको कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डबाट प्रहरीले गोली प्रहार गरी दुई भारतीयलाई पक्राउ गरेको छ।

उनीहरू लागुऔषध कारोबारी भएका प्रहरीले जनाएको छ। भारतको बिहार राज्य अन्तर्गतको डिगल बैंकथाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए। प्रहरीले रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनु परेको चन्दले बताए।

प्रहरीले चार राउन्ड हवाई फायर गरी दुवैलाई नियन्त्रणमा लिएको हो। यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ। उनीहरूको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले जानकारी दिए। घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

प्रकाशित: २३ माघ २०८१ ६:४२ | Wednesday, February 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast