कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २२ माघ २०८१ ८:३५
6
SHARES
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

आज पनि कालीमाटीमा आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा २२, रातो आलु ३४, भारतीय रातो आलु ३२, सुकेको भारतीय प्याज ६४, तराईको गाँजर २५, तराईको बन्दा १२, लोकल बन्दा १५, स्थानीय काउली १०, ज्यापु काउली १६, तराईको काउली १६, सेतो मुला २०, लाम्चो भन्टा २५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी मटरकोसा ४५, घिउसिमी ५५, राजमा ७५, करेला १०५, पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी ९५, स्कुस ३५, रायोको साग १०, कन्य च्याउ ८०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

प्रकाशित: २२ माघ २०८१ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast