नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

हिमाल प्रेस १३ माघ २०८१ १८:०५ | Sunday, January 26, 2025
नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

काठमाडौँ– नेपाली सेनाले सेना दिवसका अवसरमा माघ १५ देखि १८ गतेसम्म जङ्गी अड्डामा फोटो तथा बृहत् प्रदर्शनी गर्ने भएको छ।

प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायत गतिविधिको प्रदर्शनी हुने बताइएको छ।

आमनागरिकलाई सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा अवलोकनकर्तालाई माघ १५ गते दिउँसो १२ देखि साँझ ५ बजेसम्म र माघ १६ देखि १८ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने निर्देशनालयले जनाएको छ।

प्रकाशित: १३ माघ २०८१ १८:०५ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast