संसद्को हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्‌को निर्णय

हिमाल प्रेस ७ माघ २०८१ १७:०१ | Monday, January 20, 2025
संसद्को हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्‌को निर्णय मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर

काठमाडौँ- सरकारले संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको हो। बैठकले संघीय संसदको दुवै सदनको बैठक आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्‌सिंह भण्डारीले हिमालप्रेसलाई जानकारी दिए।

‘आजको बैठकले संघीय संसद्को दुवै सदनको बैठक माघ १८ गते आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’ उनले भने।

केही दिनअघि मात्रै सरकारले विभिन्न अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याउँदा संसद् बन्ध राखेर अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भएको थियो। प्रतिपक्षी दलहरूले अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै आपत्ति जनाउँदै आइरहेका छन्।

आजै मन्त्रिपरिषद् बैठकअघि सभामुख देवराज घिमिरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठक बस्नेबारे छलफल गरेका थिए। गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो।

प्रकाशित: ७ माघ २०८१ १७:०१ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast