झलनाथ खनालको ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक

हिमाल प्रेस ५ माघ २०८१ ६:५४ | Saturday, January 18, 2025
झलनाथ खनालको ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ।

देशभक्तिको भावनामा रचिएको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ। उक्त भिडियोको निर्देशन वासु दुलालले गरेका छन् भने गीतमा गायिका तारा दुलाल र परेश राईले स्वर दिएका छन्।

सामाजिक परिवर्तन, आर्थिक विकासका विषय समेटिएको गीतमा सङ्गीत तोरेम्पा हाङ र संगीत संयोजन राजु कार्कीले गरेका छन्।

 

प्रकाशित: ५ माघ २०८१ ६:५४ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast