व्यवस्था होइन, अवस्था पनि परिवर्तन भएको छ : प्रधानमन्त्री ओली

हिमाल प्रेस ३ माघ २०८१ १६:२०
8
SHARES
व्यवस्था होइन, अवस्था पनि परिवर्तन भएको छ : प्रधानमन्त्री ओली

पोखारा– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्थामात्रै नभएर अवस्था पनि परिवर्तन भएको दाबी गरेका छन्।

बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई कुलपतिको हैसियतले सम्बोधन गर्दै उनले भने,‘यो के अवस्था परिवर्तन होइन?’

उनले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’ को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई ध्यानामा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे।

ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धि भएको बताए।

उनले विश्वको यो भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरू हुनुअगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए।

‘हामी उठन् नसक्ने कुनै कारण छैन। हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने,‘चीनले त्यत्रो जनसंख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो। हामीले पनि हाम्रो देश आफैँ बनाउन लाग्नुपर्छ। लागेपछि नेपाल बन्छ।’

प्रतिष्ठानबाट एमडी र एमएसमा उतीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन्। कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविन्दकुमार साह (अर्थोपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरे।

विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्राध्यापक माग्नुस वेस्ग्रेनले दीक्षान्त समारोहमा सम्बोधन गरेका थिए।

प्रतिष्ठानका उपकुलपति प्राडा.डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शय्याको आकस्मिक विभागन सञ्चालनको तयारी भएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast