आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

हिमाल प्रेस १२ पुष २०८१ ६:४३ | Friday, December 27, 2024
आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना हिमपात। फाइल तस्बिर।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थान हल्का हिमपात हुने जनाएको छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा हल्का वर्षा हुने विभागको भनाइ छ।

विभागका अनुसार गण्डकी प्रदेशका हिमाली क्षेत्रमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

राति हिमाली क्षेत्रमा साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा दिउँसो आंंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। राति, पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशका हिमाली क्षेत्रमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति हिमाली क्षेत्रमा साधारणतया बदली रही हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिमका हिमाली क्षेत्रमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

अन्य प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ।

प्रकाशित: १२ पुष २०८१ ६:४३ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast