नुवाकोटको घ्याङ्फेदी माविमा आविष्कार केन्द्र स्थापना

हिमाल प्रेस १५ पुष २०७९ १५:५५ | Friday, December 30, 2022
नुवाकोटको घ्याङ्फेदी माविमा आविष्कार केन्द्र स्थापना सांकेतिक तस्बिर।

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले घ्याङ्फेदी आविष्कार केन्द्र स्थापना गरेका छन्। घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवर्द्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक प्रेम स्याङ्ताङले बताए।

‘वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा सक्रिय विद्यार्थीलाई प्रोत्साहन गर्न केन्द्र निर्माण गरिएको हो,’ उनले भने।

जिल्लामा गएको साता भएको माध्यमिक तह जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त विद्यालय तेस्रो भएको थियो। बाढी आउँदा र भूकम्प जाँदा पूर्वजानकारी दिने उपकरण बनाएर तेस्रो भएका विद्यार्थीले स्थानीय स्रोत र साधनको उपभोग, स्थानीय क्षेत्रको लागि आवश्यक थप एक दर्जन उपकरण आविष्कार गरिरहेकाले पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने गाँउपालिका अध्यक्ष शंकर थापाले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १५ पुष २०७९ १५:५५ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast