राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

हिमाल प्रेस ६ कार्तिक २०८३ ११:२५ | Friday, October 23, 2026
2
SHARE
राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

बैंकले आज सूचना जारी गर्दै वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी दिएको हो ।

यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीहरू प्राप्त गर्नका लागि बैंकको आधिकारिक सामाजिक सञ्जालमा जोडिन अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई समेत अपिल गरेको छ ।

प्रकाशित: ६ कार्तिक २०८३ ११:२५ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast