परिचय पत्रका लागि विवरण उपलब्ध गराउन शिक्षक-कर्मचारीलाई आग्रह

हिमाल प्रेस ८ पुष २०८१ १७:१६ | Monday, December 23, 2024
परिचय पत्रका लागि विवरण उपलब्ध गराउन शिक्षक-कर्मचारीलाई आग्रह

सप्तरी– यहाँको राजविराज नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई परिचय पत्रका लागि विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

शाखाले परिचय पत्र छपाइमा ढिलाइ भएको भन्दै नगरका सबै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको विवरण दुई दिनभित्र पठाउन आज अनुरोध गरेको हो।

तोकिएको समयभित्र फर्म नभरेमा विद्यालयको प्रधानाध्यापक नै जिम्मेवार हुने शाखाको भनाइ छ।

शिक्षक तथा कर्मचारीहरूको परिचय पत्र छपाइ तथा वितरणका लागि यसअघि नै शाखाले मेलमार्फत गुगल एक्सेल सिट विद्यालयहरूको मेलमा पठाइसकेको छ।

त्यस्तै त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङ, सल्यानको आयोजनामा आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रमसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

त्रिभुवन जन मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील विक्रम शाहको अध्यक्षता तथा शारदा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लीलाधर बबालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा त्रिभुवन जन मा.वि., शिवजन मा.वि., सितलपाटी,खड्गदेवी प्रा.वि खलंगामा अध्यापन गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो।

उक्त अभिमुखीकरण कार्यक्रमको सहजीकरण गणित विषयका सहजकर्ता प्रकाश रायमाझी, अंग्रेजी विषयका सहजकर्ता नन्दबहादुर रोकाय, नेपाली विषयको शारदा थापाबाट गरिएको थियो।

कार्यक्रमको समापन शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत संगीता बुढाले गरेकी थिइन्।

प्रकाशित: ८ पुष २०८१ १७:१६ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast