कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास

हिमाल प्रेस ३ पुष २०८१ १८:३४ | Wednesday, December 18, 2024
कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास

सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिका-१२ स्थित कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास गरिएको छ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बुधबार ५० शय्याको सो अस्पताल शिलान्यास गरेका हुन्।

अस्पतालको शिलान्यास गर्दै खड्काले कर्णालीमा हुन सक्ने सम्भावित सरुवा रोगको उपचार सेवा प्रदानमा अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका खड्काले यो अस्पतालले सिंगो कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने बताए।

प्रकाशित: ३ पुष २०८१ १८:३४ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast