महाकाली अस्पतालमा जनशक्ति अभावले डायलाइसिस सेवा प्रभावित

हिमाल प्रेस ५ भदौ २०८३ ६:२९ | Friday, August 21, 2026
महाकाली अस्पतालमा जनशक्ति अभावले डायलाइसिस सेवा प्रभावित

कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण अभावका कारण मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा सहज रूपमा पाउन सकेका छैनन्।

बिरामीको चाप बढ्दै गए पनि आवश्यक जनशक्ति नहुँदा धेरैले पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीका अनुसार हाल अस्पतालमा नौवटा डायलाइसिस मेसिन सञ्चालनमा छन् भने दैनिक करिब २५ जना बिरामी सेवा लिन आउने गरेका छन्।

‘चार जना स्टाफ नर्स थपिए रातिको सिफ्ट पनि सञ्चालन गर्न सक्छौँ,’ उनले भने।

अस्पताल प्रशासनले शय्या थपेर मात्रै समस्या समाधान नहुने भन्दै उपकरण र जनशक्ति पनि सँगसँगै बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

अहिले पनि पालो नपाएका केही बिरामी उपचारका लागि अन्य जिल्लातर्फ जान बाध्य छन्।

प्रकाशित: ५ भदौ २०८३ ६:२९ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast