काठमाडौँ- लिग चरणको अन्तिम खेल अर्थात सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेल सकिएसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण सकिएको छ।
कर्णालीलाई हराउँदै सुदूरपश्चिम शीर्ष १ मा पर्दै क्वालिफायर पुगेको हो। अब सुदूरपश्चिमले क्वालिफायरको पहिलो खेल जनकपुर बोल्ड्ससँग खेल्नेछ।
सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, जनकपुर ५ जितसहित दोस्रो बनेको हो। लिग चरणको २८ खेल सकिँदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा र जनकपुर बोल्ट्सले १० अंक सहित दोस्रोमा पर्यो। अब यीबाहेक दुई टोली पनि प्ले अफ पुगेका छन्।
४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् अर्थात चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरमा हारेको टोली प्रतियोगिताबाट बाहिरिनेछ।
क्वालिफायरमा पुगेका दुई टोलीबीच पनि प्रतिस्पर्धा हुनेछ। क्वालिफायरमा जितेको टोली फाइनल पुग्नेछ। यता क्वालिफायर हार्ने टोलीले भने एकपटक मौका पाउने छ। किनकि क्वालिफायर हार्ने टोलीले एलिमिनेटरमा जितेको टोलीले टोलीसँग भिड्नेछ।मतलव, जनकपुर र सुदूरपश्चिमबीच हार्ने टोलीसँग भिड्नेछ।
यी दुईमा जित निकालेको टोलीले क्वालिफायर जितेको टोलीसँग फाइनल भिड्नेछ। फाइनल खेल पुस ६ गते हुनेछ।