एनपीएलमा विराटनगरको दोस्रो जित, ५१ रनले पराजित भयो चितवन

हिमाल प्रेस २८ मंसिर २०८१ १६:३०
12
SHARES
एनपीएलमा विराटनगरको दोस्रो जित, ५१ रनले पराजित भयो चितवन

काठमाडौँ-  विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ।विराटनगरले शुक्रबार चितवन राइनोजविरुद्ध ५१ रनको जित दर्ता गर्यो। जितसँगै विराटनगरले ६ खेलमा चार अंक जोडेको छ। परुाजित चितवनको समान खेलबाट ६ अंक छ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १२९ रन मात्रै बनाउन सक्यो।चितवनका लागि अमरसिंह रौटेलाले ४२, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा बसिर अहमद, क्रिस सोले, सुवास भण्डारी र लोकेश बमले समान एक विकेट लिए। दोस्रो ओभरको दोस्रो बलमा पाँच रन बनाएर खेलिरहेका हसन इशाखिललाई बसिर अहमदले एलबिडब्ल्युको धरापमा पारे।

नवौं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेले सन्तोष कार्कीलाई पेभेलियनको बाटो देखाए। उनीले २५ बलमा तीन चौका र छक्काको मद्दतले २८ रन बनाए।रवि बोपारा १०औं ओभरको तेस्रो बलमा पेभेलियन फर्किए। २४ बलमा दुई चौकाको मद्दतले २० रन बनाएका उनलाई सुवास भण्डारीले बोल्ड गरे।

सन्दीपले ११औं ओभरको पहिलो बलमा बसिल हामिदलाई आफ्नो दोस्रो शिकार बनाए। एक रन जोडेका उनी बोल्ड भए। कप्तान कुशल मल्ल १७औं ओभरको पाँचौं बलमा आउट भए। २५ बलमा दुई चौका र एक छक्काको मद्दतले २५ रन बनाएका उनलाई क्रिस सोलेले प्रतिस जिसीबाट क्याच गराए।

अन्तिम ओभरको तेस्रो बलमा अमरसिंह रौटेलालाई लोकेश बमले क्रिस सोलेबाट क्याच गराए। उनले २९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ४२ रन बनाए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि बसिर अहमदले ४४ बलमा सामन चार चौका र छक्काको मद्दतले अविजित ६८, मार्टिन गप्टिलले ४५ र राजेश पुलामीले अविजित ३३ रन बनाए। चितवनका लागि रिजन ढकालले दुई तथा सोहेल तन्विर, बसिल हामिद र कप्तान कुशल मल्लले समान एक विकेट लिए।

पहिलो ओभरको दोस्रो बलमा लोकेश बमलाई रजिन ढकालले रनको खाता पनि खोल्न नदिइ बोल्ड गरे। सोही ओभरको पाँचौं बलमा चार रन बनाएका दीपक बोहरा बोल्ड भए। दोस्रो ओभरको चौथो बलमा सोहेल तन्विरले स्कट एडवार्डसलाई रनको खाता पनि खोल्न नदिइ रिव बोपाराबाट क्याच गराए।

सातौं ओभरको दोस्रो बलमा आठ रन बनाएर खेलिरहेका निकोलस किर्टनलाई बसिल हामिदले एलबिडब्ल्युको धरापमा पारे। मार्टिन गप्टिल १४औं ओभरको पाँचौं बलमा पेभेलियन फर्किए। ३५ बलमा चार छक्का र एक चौकाको मद्दतले ४५ रन बनाएका उनलाई कप्तान कुशल मल्लले बोल्ड गरे।

प्रकाशित: २८ मंसिर २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast