एनपीएल हेर्न क्रिकेट लिजेन्ड लारा नेपाल आउँदै

हिमाल प्रेस २८ मंसिर २०८१ ८:०४ | Friday, December 13, 2024
एनपीएल हेर्न क्रिकेट लिजेन्ड लारा नेपाल आउँदै

काठमाडौँ- क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदै छन्। नेपाल प्रिमियम लिग (एनपीएल) को जारी खेल हेर्न लारा नेपाल आउन लागेका हुन्।

वेस्टइन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आउन लागेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्।

लारा आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्सबीच बिहान ९:०० बजेबाट सुरु हुने पहिलो खेल हेर्नका लागि कीर्तिपुरस्थित मैदानमा पुग्नेछन्।

प्रकाशित: २८ मंसिर २०८१ ८:०४ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast