एनपीएल : पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

हिमाल प्रेस २७ मंसिर २०८१ ९:२१ | Thursday, December 12, 2024
एनपीएल : पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहानको खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ।

टस जितेको विराटनगरले ब्याटिङ रोजेको छ।

प्रतियोगितामा दुवै टिम आफ्नो पाँचौ खेल खेलिरहेका छन्। दुवै टिमले यसअघिका चार खेलमा तीन हार र एक जित निकालेका थिए।

विराटनगरले अनिल खरेल र स्कट इडवार्डलाई स्थान दिएको छ। अबिक इल्यास र सुवास भण्डारी भने बाहिरिएका छन्।

पोखराले म्याट क्रिचलीको स्थानमा जेन मलिकलाई खेलाएको छ। यस्तै दिलीप नाथ र आकाश चन्दको स्थानमा त्रृतराज दास र किरण ठगुन्नालाई खेलाएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा खेल जारी छ।

प्रकाशित: २७ मंसिर २०८१ ९:२१ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast