लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य

हिमाल प्रेस १९ मंसिर २०८१ १४:५०
20
SHARES
लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामू १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पार्‍यो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले समान १५ तथा सन्दीप जोराले १२ रन बनाए।विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, रोजेश पुलामी र इस्मत आलमले समान एक विकेट लिए।

चौथो ओभरको पहिलो बलमा आशुतोष घिरैया रन आउटको सिकार बने। १३ बलको सामना गरेका उनले दुई चौका र एक छक्काको मद्दतले १५ रन बनाए।आठौं ओभरको दोस्रो बलमा अर्जुन साउद १७ रन बनाएर पेभेलियन फर्किए। १९ बलमा तीन चौका प्रहार गरेका उनलाई इस्मत आलमले बोल्ड गराए।

रोहितकुमार पौडेललाई १३औं ओभरका पाँचौं बलमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराए। उनले २९ बलमा चार चौका र दुई छक्काको मद्दतले ४६ रन बनाए। टम मुर्स १४औं ओभरको चौथो बलमा रन आउट भए। १७ बलको सामना गरेका उनले तीन छक्का र एक चौकाको मद्दतले ३० रनको योगदान गरे।

सन्दीप जोरा १७ औं ओभरको दोस्रो बलमा रन आउट भए। उनले १३ बलमा १२ रन जोडे। सन्दीप लामिछानले १९औं ओभरको दोस्रो बलमा १५ रन बनाएर खेलिरहेका साद बिन जफरलाई मार्टिन गप्टिलबाट क्याच गराए। उनले १३ बलमा एक छक्का प्रहार गरे। सोही ओभरको चौथो बलमा ६ रन बनाएर खेलिरहेका बेन कटिङ रन आउट भए।

प्रकाशित: १९ मंसिर २०८१ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast