एनपीएल : सात टिमका कप्तान मार्की खेलाडी, जनकपुर बोल्ट्सका अनिल साह

हिमाल प्रेस १४ मंसिर २०८१ १८:४६ | Friday, November 29, 2024
एनपीएल : सात टिमका कप्तान मार्की खेलाडी, जनकपुर बोल्ट्सका अनिल साह

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का सबै फ्रेन्चाइजी टिमले कप्तान घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एनपीएलका सबै आठ टिमले कप्तान घोषणा गरेका हुन्।

एनपीएलका सातवटा टिमले मार्की खेलाडीलाई कप्तान घोषणा गर्दा जनकपुर बोल्ट्सले भने अनिल साहलाई नेतृत्व दिएको छ।

मार्की खेलाडी आसिफ शेखलाई कप्तान घोषणा नगरेर जनकपुर बोल्ट्सले अनिललाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।

विराटनगर किंग्सको कप्तानमा सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडौँ गुर्खाजको कप्तान करण केसी, लुम्बनी लायन्सको कप्तानमा रोहित पौडेल, पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल, कर्णाली याक्सको कप्तानमा सोमपाल कामी र सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी नियुक्त भएका छन्।

कार्यक्रममा सबै टिमका कप्तानले एनपीएलका लागि उत्साहित रहेको बताउँदै आ–आफ्नो टिमले जित्ने प्रतिक्रिया दिए।

एनपीएलको पहिलो संस्करण शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुँदैछ।

पहिलो दिन एकमात्र खेल भए पनि अन्य दिन दुई–दुई खेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेको बताइएको छ।

प्रकाशित: १४ मंसिर २०८१ १८:४६ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast