मन्त्री-सचिवसँग नतिजा खोज्दै प्रधानमन्त्री, सिंहदरबारमा समीक्षा

हिमाल प्रेस १२ मंसिर २०८१ ८:३७ | Wednesday, November 27, 2024
मन्त्री-सचिवसँग नतिजा खोज्दै प्रधानमन्त्री, सिंहदरबारमा समीक्षा प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन्।

प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन्।

बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई डाकिएको छ। चालु आर्थिक वर्षमा सरकारले गरेका कामको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ।

त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। यस्तै बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८१ ८:३७ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast